बैतडी - काम सानो–ठूलो हुँदैन । सानो कामबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ । अहिले पुरुषले गर्ने काममा महिलाले समेत हात बढाउन थालेका छन । सिकर्मी, डकर्मी, चालकलगायतका क्षेत्रमा महिलाको उपस्थिति देख्न सकिन्छ । समाजमा विद्यमानपितृसत्तात्मक सोचलाई चिर्दै महिलाले आफूलाई स्थापित गर्दैछन ।
पुजा आफैले व्वसाय सुरु गरेर रमाई रहेकी छन । उनको काम देखेर सबै छक्क पर्छन । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन्, ‘महिला भएर गाह्रो हुँदैन ?’ त्यतिबेला उनले जवाफ फर्काउँदै भन्छिन्, ‘गाह्रो हुँदैन, सजिलै काम गरिरहेकी छु । कसैले उनलाइ सोध्छन, ‘ओहो कस्तो राम्रो काम गर्नुभएको ।’ यो प्रशंसाले उनलाई थप काम गर्ने हौसला मिलेको बताउँछिन । महिला भएका कारणले क्षमतामा बारम्बार प्रश्न उठिरहन्छ, समाजमा राम्रो नराम्रो सवै खाले कुराहरु सुनिन्छन । नराम्रो कुराहरुलाई वास्ता नगरी राम्रा कुराहरुलाई आत्मसात गर्दै आफ्नो काम गरिरहेकी छु ।’ “पुजाले सुनाईन” आत्मविश्वासका साथ काम गरेर उनले आफुलाई प्रमाणित गर्न खाजिरहेकी छन् ।
उसो त उनी सानै देखि संर्घर्षमा हुर्केकी हुन । समान्य घर परिवारमा हुर्केकी पुजाले सुखका भन्दानी दुखका क्षणहरु धेरै भोगेकी छन् । बिहानै उठेर गोठ,मेलापात वा पारिवारिक समस्या सवैको सामना गरेकि छन । काममा उनलाई सानो–ठूलो भन्ने लाग्दैन ।
बैतडीको सुर्नया ६ की पुजा अवस्थी अहिले सोह्र बर्षकी भइन । उच्च शिक्षा अध्यान गरिरहेकी छन् । आफ्नो पढाई संगै पारिवारिक जिम्मेवारी वहन गरिरहेकी पुजाले आफै घोडा चलाउछीन् । आउन जान करीव ५ धण्टाको बाटोमा एक्लै घोडा चलाउदै सघंर्ष गरिरहेकी छन् । आफु संग जे छ त्यसमै रमाएर महिलाले पनि जस्तो सुकै काम गर्न सक्छन भन्ने उदाहरण बनेकी छन् ।
‘घोडा चलाउनु पर्यो,व्यपार व्यवसाय चलाउनु पर्यो आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु भन्दानि केही सिप सिकेर आत्मनिर्भर बन्ने मेरो प्रयास हो । आफु संग जे सिप छ आफुले जे गर्न सकिन्छ त्यहीकाम गरेर उदाहरणीय बन्ने मेरो प्रयास हो ।’
‘कुनै पनि काम ठुलो र सानो हुदैन । दुनियाले त फलानाकी छोरी घोडा चलाउछे जस्ता अनेकौं कुराहरु काटिराख्छ तर मलाई दुनिया संगा कुनै मतलव छैन । म आफ्नो काम गरेर स्वतन्त्रता पुर्वक बाँच्न चाहान्छु ।’
‘स्वदेशमा रोजगार छैन भनेर विदेस जान्छन् विदेस गएर धेरै दाजुभाई दिदिबहिनी बाकसमा फर्किन्छन । बाकसमा नफर्के पनि आफ्नो स्वाभिमान बेचेरै आउछन् । तर मेरो बिचार फरक छ । बिदेस जानै पर्दैन हामिले आफु संग जे छ त्यसबाटै सुरु गरेर स्वाभिमानका साथ नेपालमै काम गर्नु पर्छ ।’
‘विदेसमा गएर जुनसुकै काम गर्न परेपनि गर्ने हामिहरु तर नेपालमा लेबलका काम मात्रै खोज्छौं सानो काम गर्न लाज मान्छौं किन ? बिदेसमा गएर भाडाँ माज्न हामिलाई लाज नलाग्ने ? ट्वाइलेट सफा गर्न हामिलाई लाज नलाग्ने ? गालि खादा लाज नलाग्ने ? तर आफ्नै गाउँठाउँमा काम गर्न हामि लाज मान्ने ?’ “पुजाले भनिन्”