कैलाली –सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग कार्यालयले ९८ जना कर्मचारी माग गरेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ सहायक चौथो तहका अप्राविधिक पदहरुमा ९८ कर्मचारी माग गरेको हो ।
जसमध्ये ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु÷रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ । उक्त विज्ञापनका लागि फागुन १७ गते सम्म आवेदन दिने म्याद तोकिएको छ ।
दोब्बर दस्तुर तिरेर भने फागुन २४ गते सम्म आवेदन दिन सकिने आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ ०९:२५
प्रतिक्रिया दिनुहोस्