कैलाली –सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो ।
प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठक विशेष कारणवश आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना मार्फत जानकारी दिएको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा विश्वासको मत लिने आज अन्तिम दिन हो । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका कुनै पनि प्रदेश सभा सदस्य नआएपछि बैठक स्थगित हुन पुगेको बुझिएको छ ।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने बताउँदै आएको छ । नागरिक उन्मुक्तिलाई फकाउने कसरतमा एमाले लागेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १३:२२
प्रतिक्रिया दिनुहोस्