कैलाली –सुदूरपश्चिम प्रदेश सभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा मुख्य मन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ ।
सहमतिका आधारमा आफूलाई विश्वासको मत दिन उनले सबै दलहरू समक्ष आग्रह गरेका छन् । बैठकमा नागरिक उन्मुक्तिका सांसदहरु उपस्थित छैनन् । नागरिक उन्मुक्तिको समेत समर्थनमा मुख्यमन्त्री बनेका रावलले विश्वास मत पाउन भने मुस्किल देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १६:५६
प्रतिक्रिया दिनुहोस्