Sagun Khabar
विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले दिए राजीनामा 

कैलाली –विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुझाएका हुन् । 

बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । तर, विश्वासको मतको प्रस्ताव बहसमतले अस्वीकृत भएको थियो । 

Atrya hospital

टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयपछि सरकार ढलेको हो । टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो ।  उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन् । आजको प्रदेश सभा बैठकमा उनीहरु अनुपस्थित रहे । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो । संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार कांग्रेसका कमल शाह भावी मुख्यमन्त्री बन्नेछन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update