Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त 

कैलाली –सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल बिहीबार पदमुक्त भएका थिए । एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदहरुको समर्थनमा रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । 

Atrya hospital

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन पुग्दा समेत रावलले विश्वासको मत पाउन सकेनन् । नागरिक उन्मुक्ति पार्टीका सांसद आजको बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update