कैलाली –कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । कञ्चनपुरको वेलौरीबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट एक ६० किलो अवैध माछा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले करिब ६० हजार ६८० मुल्य बराबरका भन्सार छलीका कम्बल र कपडा समेत बरामद गरेको छ ।
त्यस्तै प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सुर्ती, सुपारी, विडी लगायत करिब १२ हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्