Sagun Khabar
दोगडाकेदारमा राष्ट्रपति रनिङ शिल्डको उपाधी रौलेश्वर मावि कफलकोटलाई 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा सम्पन्न भएको तेश्रो पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगितामा उपाधी रौलेश्वर मावि कफलकोटले हात पारेको छ । प्रतियोगितामा १७ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित रौलेश्वर माविले उपाधी हात पारेको हो । उपाधीसंगै उसले २० हजार नगद ट्रफी, शिल्ड र प्रमाणपत्र हात पारेको गाउँपालिकाका शिक्षा अधिकृत चक्रदेव जोशीले बताए । 

यस्तै प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै केदार मावि पिपलकोट दोश्रो भएको छ । उसले नगद १५ हजार सहित ट्रफी, शिल्ड र प्रमाणपत्र हात पारेको छ । यस्तै सनातन धर्म मावि श्रीकोटले ४ स्वर्ण, ८ रजत र ५ कास्य पदक जित्दै प्रतियोगितामा उसले तेश्रो स्थान प्राप्त गरेको छ । सनातनधर्म माविले नगद १० हजारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र हात पारेको शिक्षा अधिकृत जोशीले बताए । 

Atrya hospital

प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेलकुद खेलाइएको थियो । प्रतियोगितामा पालिकाभरीका ८ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । 

गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षता र पूर्व प्रदेश सांसद लिलाधर भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन समारोह सञ्चालन भएको थियो । समापन समारोहमा बिजेता विद्यालयहरुलाई पुरस्कार, प्रमाणपत्र, ट्रफी र शिल्ड प्रदान गरिएको थियो । गएको बुधबारदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update