बैतडी –बैतडीको पाटन नगरपालिका ४ भुमेश्वर नगरस्तरीय खेल मैदान निर्माण कार्य शुरु भएको छ । खेलमैदानको शनिबार उद्दघाटन गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।
चालु आर्थिक बर्षमा डेढ लाख रुपैंया विनियोजन गरेर खेलमैदान निर्माण कार्य शुरु गरिएको उपप्रमुख बोहराले बताए । बहुबर्षीय योजनाको रुपमा खेलमैदानमा बजेट विनियोजन गरेर नगरस्तरीय खेलमैदान बनाइने बोहराले बताए ।
पाटन नगरस्तरीय खेलमैदान निर्माणको कार्य शुरु भएको र यसलाई पूर्णता दिनका लागि प्रदेश र संघ सरकारसंग पनि समन्वय गरिने उपप्रमुख बोहराले बताए ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १४:३०
प्रतिक्रिया दिनुहोस्