Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे रेशम चौधरीका परिवारलाई 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीका परिवारसंग भेटघाट गरेका छन् । टीकापुरस्थित घरमै गएर मुख्यमन्त्री शाहले चौधरीका परिवारलाई भेटेका हुन् । 

यस्तै उनले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी रेशम पत्नी रञ्जिता श्रेष्ठलाई पनि भेटेका छन् । शनिबार टीकापुरस्थित चौधरीको घरमा उनीहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

Atrya hospital

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले बताए । रेशमका परिवारजनसंग मुख्यमन्त्री शाहले रेशमको रिहाइका लागि आफूले सक्दो पहल गर्ने आश्वासन समेत दिएका छन् । 

सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको नाउपाले माग, मुद्दा सम्बोधन नभएको भन्दै विश्वासको मत नदिएपछि बिहीबार उनी नेतृत्वको सरकार ढलेको थियो । बिहीबार नै प्रदेश प्रमुख देवराज जोशीले ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शुक्रबार पदभार ग्रहण गरेका शाहले शनिबार टीकापुर पुगेर नाउपाकी अध्यक्षभेट्नुलाई अर्थपूर्ण  रुपमा हेरिएको छ । तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका शाहलाई अहिलेको अवस्थामा कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी) का ४ र स्वतन्त्र सांसद डा. तारा जोशीसमेत गरेर २४ जनाको समर्थन देखिन्छ । तर उनी नाउपा र नेकपा माओवादी केन्द्रलाई समेत विश्वासमा लिने रणनीतिमा सक्रिय छन् ।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update