बैतडी –भारतको झुलाघाटमा सम्पन्न भएको इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधी बैतडीको पञ्चकोटी क्रिकेट क्लबले जितको छ । आइतबार भएको फाइनल खेलमा आयोजक माँ महेशानी क्रिकेट क्लब झुलाघाटलाई ३३ रनले पराजित गर्दै पञ्चकोटीले उपाधी जितको हो ।
उपाधीसंगै पञ्चकोटीले नगद २२ हजार भारु सहित ट्रफी र मेडल हात पारेको छ । यस्तै उपविजेता माँ महेशानी क्रिकेट क्लबले नगद ११ हजार भारु सहित ट्रफी र मेडल हात प्राप्त गर्यो ।
टस जितेर ब्याटिङ गरेको पञ्चकोटी क्रिकेट क्लबले ११५ रन रन बनायो । उसका लागि कल्पेश चन्दले सर्वाधिक ३० रन बनाए ।
११६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको माँ महेशानी क्रिकेट क्लब ८२ रनमा समेटियो ।
प्रतियोगितामा नेपालका ५ सहित २४ टीमको सहभागिता रहेको पञ्चकोटी क्रिकेट क्लबका कप्तान उत्तम चन्द (दिनेश)ले बताए ।
सो प्रतियोगितामा पञ्चकोटीका ऋषिकेश बोहरा बेस्ट बलर र कल्पेश चन्द बेष्ट ब्याट्सम्यान घोषित भए । नेपाल तर्फको टीमले पहिलो पटक उपाधी जितेको कप्तान चन्दले बताए ।