Sagun Khabar
कञ्चनपुरमा भन्सार छलीका सामग्री बरामद 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको जिमुवाबाट भन्सार छलीका सामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

प्रहरी नायव निरीक्षक देबसिंह बुडालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर ल्याएका १ लाख ५ हजार मूल्य बराबरका सामग्री बरामद गरेको हो । 

बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update