बैतडी –बैतडीको पाटनमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । नगर खेलकुद समितिका अध्यक्ष रमेश बोहराको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको उद्दघाटन सत्रमा नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए ।
उद्दघाटन सत्रमा नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा र बैतडी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारी बिशिष्ट अतिथी रहेका थिए ।
नगरपालिकाभरीका १४ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी र एथेलेटिक्सका खेलहरु भइरहेको नगरपालिकाका शिक्षा अधिकृत ललित पाण्डेले बताए ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार समेत प्रदान गर्ने तयारी रहेको शिक्षा अधिकृत पाण्डेले बताए ।
कृष्ण मावि पाटनको खेलमैदानमा भइरहेको प्रतियोगिता बुधबारसम्म सञ्चालन हुने जनाइएको छ ।