Sagun Khabar
पुर्चौंडीमा राष्ट्रपति रनिङ शिल्ड : १७ विद्यालयको सहभागिता 

बैतडी–बैतडीको पुर्चौडी नगरपालिकामा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगितामा १७ विद्यालयको सहभागिता रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले बताए । 

प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्सका खेलहरु भइरहेका शिक्षा शाखा प्रमुख जोशीले बताए । 

Atrya hospital

प्रतियोगिताको सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख दिपकबहादुर बमले उद्दघाटन गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन समितिका संयोजक गणेशबहादुर गडालको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा नगर प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहेका थिए । सो कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर बिशिष्ट अतिथी रहेका थिए । 

प्रतियोगितामा विजेता बन्ने विद्यालयहरुलाई शिल्ड, ट्रफी र मेडल प्रदान गरिने नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update