Sagun Khabar
बैतडी सदरमुकाममै ढल निकासको समस्या 

बैतडी –बैतडी सदरमुकाममा ढल निकासको उचित व्यवस्था नहुँदा समस्या हुने गरेको छ । हरेक बर्ष बर्षातको समयमा ढल निकास नहुँदा बर्षातको भेल सडकमा बग्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । 

मंगलबार राती परेको बर्षाका कारण ढल निकास नहुँदा दशरथचन्द नगरपालिकाको भवन समेत जोखिममा परेको बताइएको छ । ढल निकास नहुँदा जताततै बर्षातको भेल बगिरहेको स्थानीय आनन्द भट्टले जानकारी दिए । ढल निकासको व्यवस्था नहुँदा पहिरोको जोखिम समेत बढ्दै गएको उनले बताए । उनले भने ‘सदरमुकाममा ढल निकासको व्यवस्था छैन् । यसले गर्दा बर्षातको समयमा सडकको पानी घरमै पुग्छ । घर नै बगाउने चिन्ता हुन्छ ।’

Atrya hospital

सदरमुकामको गढी क्षेत्रमा समेत ढल निकासको व्यवस्था नहुँदा बर्षातको भेल तल गाउँमा पुग्ने गरेको स्थानीयहरुले बताएका छन् । जिल्ला सदरमुकाममा ढल निकासको व्यवस्था नहुँदा बर्षातको समयमा समस्या हुने गरेको स्थानीय व्यापारी अम्बादत्त भट्टले बताए । 

गढी गोठलापानी सडक स्तरोन्नती गर्ने कार्य लामो समयदेखि चलिरहेको भएपनि अझै पूर्णता पाउन सकेको छैन् । गढी गोठलापानी सडकले पूर्णता नपाउँदा ढल निकासमा झन् समस्या भएको छ । 

आइतबारदेखि लगातार परेको पानीले गढी क्षेत्रमै समस्या निम्त्याएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update