Sagun Khabar
सुदूरपश्चिममा आज ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह 
Atrya hospital

बैतडी –सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज मेघगर्जन चट्याङ सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेशका पहाडी जिल्लाहरुमा पहिरो जोखिम रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो अस्तीको तुलनामा कम पानी परेपनि केही ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिलेको मौसम खुल्न अझै दुई÷तीन लाग्ने तर पानी भने कम पर्ने मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update