Sagun Khabar
पक्राउ परेका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

कैलाली –नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत, दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सांसद चौधरीले रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालतमा रिट दायर गरेका थिए । त्यस्तै, माघ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो । दुवै रिटमाथि बुधबार भएको सुनुवाइमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीर गरेको छ । 

Atrya hospital

चौधरीले जिल्ला अदालत कैलालीबाट भिडियो प्रविधि मार्फत बयान दिएका थिए । उनले आफूमाथि अन्याय भएको जिकिर गरे । उनले भने ‘म फरार होइन, १० वर्षदेखि त्यहि ठाउँमा बसेर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छु ।  तर, मलाई अपरणको शैलीमा पक्राउ गरि मेरो चरित्र हत्या गरे, मलाई न्याय चाहिन्छ ।’ 
उनले १० वर्षअघि भएको फैसलाबारे आफूलाई कुनै जानकारी नभएको बताए । आफू कहिल्यै फरार नरहेको हुँदा न्यायका लागि अपील गरेको बताए ।

थरुहट आन्दोलनका क्रममा २०६६ भदौ ३ गते ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महीना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update