Sagun Khabar
पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेन्डरमै समावेश गर्ने सरकारकाे निर्णय
Atrya hospital

काठमाण्डाै – सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेन्डरमै समावेश गर्ने निर्णय गरेको छ ।

हिजाे बिहीवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसअघि सरकारले दिएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिए  ।

२०८० सालको क्यालेन्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आउँदाे भदौसम्ममा सक्ने उहाँले बताउनुभयो । साथै मन्त्रिपरिषद्ले बिदा व्यवस्थित गर्ने निर्णय गरेकाे पनि जानकारी पनि मन्त्री शर्माले दिए  ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update