बैतडी –बैतडीको दशरथचन्द नगरपालिकास्तरीय रनिङ शिल्डको उपाधी दानेश्वर नागार्जुन मावि रातामाटाले हात पारेको छ । ९ स्वर्णसहित उसले उपाधी हात पारेको हो । उपाधीसंगै दानेश्वर नागार्जुन माविले २५ हजार नगद,शिल्ड, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
यस्तै ७ स्वर्णसहित निङ्गलाशैनी मावि देहीमाण्डौं दोश्रो भएको छ । उसले १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाएको छ । यस्तै ३ स्वर्णसहित तेश्रो भएको मणिलेक मावि गुरुखोलाले १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाएको छ ।
शनिबार सम्पन्न भएको रनिङ शिल्ड प्रतियोगितामा समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९ ११:०४
प्रतिक्रिया दिनुहोस्