Sagun Khabar
बैतडीका धनीरामले बनाए काठ र जस्तापाताको डोजर 

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका १ का १५ बर्षीय धनीराम भुलले काठ र जस्तापाताको प्रयोग गरेर डोजर बनाएका छन् । लकडाउनको समयमा घरमै बसेका बेला आफूले काठ र जस्तापाताको प्रयोग गरेर डोजर बनाएको उनले बताए । उनले भने ‘मैले डोजर देखेको छु । त्यही डोजर हेरर काठ र जस्ता प्रयोग गरेर डोजर बनाएको छु ।’

आवश्यक श्रोत साधन भएमा चल्न सक्ने डोजर पनि बनाउने उनले दाबी गरे । उनले भने ‘सामग्री भयो भने म चलाउन मिल्ने खालको डोजर बनाउन सक्छु । यसको लागि सबैको सहयोगको अपेक्षा गरेको छु । म मेरो कलालाई सबै ठाउँमा देखाउन चहान्छु ।’

Atrya hospital

शोभा मावि पितलथलामा अध्ययनरत धनीरामले लकडाउनको समयमको सदुपयोग गरेर आफूले डोजर बनाएको बताए । अहिले आफूले बनाएको डोजर हेर्ने मान्छे घरमा आउने गरेका उनले सुनाए । 

धनीराम भुलले बनाएको डोजर निकै आकर्षक रहेको स्थानीय रमेशकान्त बडुले बताए । उनले भने ‘धनीराम भाईसंग भएको क्षमताको प्रयोग गर्न सके उनले चलाउन सक्ने डोजर पनि बनाउन सक्छन् । यसका लागि स्थानीय सरकार लगायतका सरोकारवालाहरुले सहयोग गर्नुपर्दछ ।’

धनीरामसंग व्यवहारिक सीप भएको बताउँदै बडुले उचित वातावरण पाएमा धनीराम अन्य सामग्रीहरु पनि बनाउन सक्ने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update