कैलाली –कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विकलाई ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्