Sagun Khabar
बैतडीमा बिहीबार थप ११ जनामा कोरोना पुष्टि, ९ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – बैतडीमा बिहीबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिकाका ६, दशरथचन्द नगरपालिकाका ३, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका थप एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज ९ जनाले कोरोना जितेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ९ जनाले कोरोना जितेको हो । अहिले जिल्लामा १४२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ४२ जना, दशरथचन्द नगरपालिकामा २४ जना, मेलौली नगरपालिकामा २३ जना, पाटन नगरपालिकामा १७ जना र दोगडाकेदार गाउँपालिकामा ११ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ९ जना, पुर्चौंडी नगरपालिकामा ८ जना, सिगास गाउँपालिकामा ३ जना, शिवनाथ गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update