कैलाली – बैतडी समाज कैलालीले प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा गरेको नवौं वृहत रक्तदान महोत्सवमा ८१ जनाले रक्तदान गरेका छन् । आइतबार नवजीवन अस्पताल ,गेटा आँखा अस्पताल र समृद्धि डेन्टलको सहकार्यमा ‘रक्तदान गरी पुण्य कमाऔँ, स्वास्थ्य निःशुल्क जाँच गरी स्वास्थ्य लाभ गरौँ’ भन्ने मूल नाराका रक्तदान महोत्सवको आयोजना गरिएको कार्यक्रम संयोजक राजबहादुर चन्दले बताए ।
यस्तै, महोत्सवमा निःशुल्क दन्त रोगका लागी समृद्धि डेन्टलले निःशुल्क परीक्षण एवम् परामर्श दिएको थियो भने नवजीवन अस्पताल प्रालिले निःशुल्क स्वास्थ्य जाँच गरेको थियो ।
सुत्केरी सेवा तथा विभिन्न जाँचहरूमा विशेष छुटको व्यवस्था गरी उपचार गरेको थियो । यस्तै, गेटा आँखा अस्पातलले निःशुल्क आँखा शिविर सञ्चालन गरेको संयोजक चन्दले बताए । समाजले अहिले सम्म आयोजना गरेको रक्तदान महोत्सवमा ८ सय ५१ जनाले रक्तदान गरिसकेको समाजले जनाएको छ ।