Sagun Khabar
अनिरुद्रद्वारा शिवनाथ गाउँपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण 
Atrya hospital

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा अनिरुद्र ग्रामीण सुधार केन्द्रले ४ थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिए ।

गाउँपालिकालाई ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका हुन् । अक्सिजन सिलिण्डरका साथै अक्सिमिटर, मास्क, सेनेटाइजर, ह्याण्डवास लगायतका स्वास्थ्य सामग्री वितरण गरिएका उनले बताए । बिहीबार गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका कार्यक्रम निर्देशक अवस्थीले बताए ।

यसअघि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको अनिरुद्र ग्रामीण सुधार केन्द्रले जनाएको छ । पञ्चेश्वर गाउँपालिका,सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update