Sagun Khabar
ठगी गरेको आरोपमा पक्राउ परेका विकमाथि अदालतबाट म्याद थपेर अनुसन्धान शुरु 

बैतडी –बीमा भरेमा अनुदान दिन्छु भन्दै ठगी गर्ने बैतडीका एकजना विरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । इलाका प्रहरी कार्यालयले पाटनले बैतडीको पाटन नगरपालिका वडा नं २ सिलंगाका ३४ बर्षीय कमलराम विक विरुद्ध मुद्दा दर्ता गरेको हो । 

बीमा भर्ने भन्दै ठगी गरेको पाइएपछि प्रहरीले विकलाई बुधबार नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर विकमाथि अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

Atrya hospital

विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयहरुबाट रकम संकलन गरेर ठगि गरेको पाइएको छ । महेन्द्रनगरबाट २५ लाख र बैतडीबाट १८ लाख रकम संकलन गरेर स्थानीयहरुलाई विकले ठगेको प्रहरी निरीक्षक शाहीले बताए । 

स्थानीयहरुले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइएको थियो । कमलराम विकसंगै दुईजना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update