दिएको छ अमूल्य जन्म दातासँग के गुनासो गरुँ,
व्यवहारले सा¥है मन दुख्यो, नातासँग के गुनासो गरुँ?
लाग्छ, आश्रय नपाएर नै आश्रम रोजेकी हुन् सायद,
घर छोड्नु–आफ्ना त्याग्नु हुदैनथ्यो,मातासँग के गुनासो गरुँ?
जता–जता सुर्य जान्छ; उतै फर्किने सुर्यमुखी पनि आज,
सुर्यकै तात्तातो रापले सुक्यो, छातासँग के गुनासो गरुँ?
पल्टाई पाना–पाना भाव केलाउन नसक्नु, मेरै कमजोरी हो,
सारा ज्ञान छोपिदिएछ भनी, गातासँग के गुनासो गरुँ?
न विथ ड्र भए वेदनाहरू, न खुसी डिपोजिट गर्न सकेँ,
गोस्वारा नै गलत भरिएछ जीवनको,खातासँग के गुनासो गरुँ?
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ ०८:२०
प्रतिक्रिया दिनुहोस्