Sagun Khabar
लगातारको  खडेरीले ‘कलकल’पानी बग्ने खोला सुके

बैतडी –लगातारको खडेरीले बैतडीका विभिन्न स्थानमा कलकल पानी बग्ने खोला सुकेका छन् । कहिले नसुक्ने खोला यो बर्षको खडेरीले सुकेका सुर्नया ६ का गणेशदत्त अवस्थीले बताए । लगातारको खडेरीले खोलाहरु सुकेका उनले बताए । सुर्नया गाउँपालिका ६ स्थित धेरै खोलाहरु खडेरीका कारण सुकेका अवस्थीले बताए । 

खडेरीले स–साना खोलानालाहरु सुकेका मेलौली २ का नरीराम लुहारले बताए । हिउँदमा बर्षात नहुँदा खोलानालाहरु सुकेका उनले बताए । उनले भने ‘बर्षा नभएपछि खोलाहरु सुकेका छन् । खडेरीले धेरै ठूलो प्रभाव पारेको छ ।’

Atrya hospital

खडेरीका कारण खोलानालाहरु सुकेपछि वन्यजन्तुहरुलाई समेत पानीको अभाव भएको छ । पानी खोज्दै वन्यजन्तुहरु समेत मानवबस्ती आउन थालेका सुर्नयाका नवराज मडैले बताए । उनले भने ‘खडेरीले निकै समस्या भएको छ । खडेरीका कारण खोलानाला सुकेका छन् । ठूला नदीहरुमा समेत पानी कम भएको छ ।’

लगातारको खडेरीले सुर्नया नदीमा समेत पानी कम भएको सुर्नया गाउँपालिका वडा नं ६ का वडा सदस्य लोकबहादुर कुँवरले बताए । सुर्नया नदीमा अहिले सम्मकै कम पानी भएको उनले दाबी गरे । उनले भने ‘सुर्नया नदीमा पानी धेरै कम भएको छ । खडेरीले डाँडाकाँडाहरु उजाड भएका छन् ।’

सुर्नया नदीमा मिसिने सबै साना खोलाहरु सुकीसकेका स्थानीयहरुले बताएका छन् । लगातारको खडेरीले खोलाहरु सुकेका हुन् । 

लगातारको खडेरीले कहिले नसुक्ने गोयली खोला सुकेको छ भने ठूलीपातल खोला पनि सुकेको सुर्नया ६ का नवराज अवस्थीले बताए । उनले भने ‘यो बर्षको खडेरीले कहिले नसुक्ने खोला पनि सुकेका छन् । खोलानाला सुक्दा पानीको अभाव भएको छ ।’
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update