Sagun Khabar
सुदूरपश्चिममा बिहीबार ९३ जनाले कोरोना जिते, एकजनाको मृत्यु
Atrya hospital

 बैतडी –सुदूपश्चिममा बिहीबार ९३ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये ९३ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । बझांगका एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै १ हजार ९५ जनाको नमूना परीक्षण गर्दा थप ६४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update