Sagun Khabar
महाकालीमा बाढीले खतराको सतह पार गर्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह 

बैतडी –महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको बर्षाका कारण महाकाली नदीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । 

महाकाली नदीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘शुक्रबार बिहान महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको सूचना प्राप्त भएको छ । तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्दछु ।’

Atrya hospital

महाकाली नदीमा पानीको बहाव बढेकाले जिल्लाको तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले बताए । 

दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दाहरुलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

महाकालीमा बर्षाका कारण बाढीले खतराको सतह पार गरेकाले नदी छेउछाउ नजान आग्रह गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update