Sagun Khabar
बैतडीमा शुक्रबार १० जनाले कोरोना जिते, नयाँ संक्रमण शुन्य 

बैतडी –बैतडीमा आज १०जनाले कोरोना जितेका भने नयाँ संक्रमितको संख्या शुुन्य रहेको छ । हिजोसम्म १सय ४२जना संक्रमीत रहेकोमा आज सक्रिय संक्रमितको संख्या १सय ३२ कायम भएको छ ।

आज कोरोनाको संक्रमण मुक्त हुनेमा मेलौली नगरपालिकाका ५जना रहेका छन् । यसैगरि दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका दुई–दुई तथा १जना अन्य जिल्लाका व्यक्ति  संक्रमण मुक्त भएका छन् ।

Atrya hospital

जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ४२ जना, दशरथचन्द नगरपालिकामा २२ जना, मेलौली नगरपालिकामा १८ जना, पाटन नगरपालिकामा १७ जना र दोगडाकेदार गाउँपालिकामा ११ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ९ जना, पुर्चौंडी नगरपालिकामा ८ जना, सिगास गाउँपालिकामा १ जना, शिवनाथ गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update