Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार ९२ जनाले कोरोना जिते, २ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार ९२ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ९२ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । कञ्चनपुरका १ र डोटीका १ जनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै प्रदेशभरी ९२८ जनाको नमूना परीक्षण गर्दा थप ५१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update