Sagun Khabar
जीवन बुडाल मृत्यु प्रकरण ः १२ जना प्रहरी नियन्त्रणमा   

बैतडी- बैतडीमा पिकनिक मनाउन गएका युवा जीवन बुडालको मृत्यु भएपछि परिवारले १२ जनाका नाममा किटानी जाहेरी दिएको छ । जाहेरीपछि पिकनिक मनाउन गएका १२  जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार मृतकी श्रीमति  मनिशा कुलुङ बुडालले घटना संकास्पद रहेको भन्दै  जिल्ला प्रहरी कार्यालय बैतडीमा  किटानी जाहेरी दिएको होे । पिकनिक खान गएका ११ जना र  गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए ।

Atrya hospital

ज्यान समन्धी कसुरमा परिवारले जाहेरी दिएपछि पिकनिक खान गएका १२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेमबहादुर शाहीले बताए । 

शवको पोष्र्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक मनाउने भन्दै ११ जना साथीसँग म १ ज २२२ नं.को जिपमा दशरथचन्द नगरपालिका–६, शेरा गाएका थिए । पिकनिक मनाउन गाएका बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका थिए ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update