Sagun Khabar
सन्दीप लामिछानेलाई विदेश जान अनुमति

सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ ।

सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो ।

Atrya hospital

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।

आइतबार यी दुवै निवेदनमाथि संयुक्त सुनुवाइपछि लामिछानेको पक्षमा आदेश भएको छ । उच्च अदालतले विदेश जान नपाउने सर्तसहित लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ

#ईमेजखबर 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update