Sagun Khabar
महाकालीले फेरी खतराको सतह पार गर्यो, सतर्क रहन आग्रह 

बैतडी –महाकाली नदीमा लगातार बाढीले खतराको सतह पार गरिरहेको छ । लगातारको बर्षाले महाकालीमा बाढीले खतराको सतह पारेको गरेको हो ।

शनिबार बिहान डडेल्धुराको परीगाउँ जलमापन केन्द्रमा महाकाली नदीले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

Atrya hospital

महाकाली नदीले डडेल्धुरामा खतराको सतह पार गरेको भएपनि बैतडीमा पनि उत्तिकै जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन उनले आग्रह गरे । 

महाकाली नदीमा बाढी आएकाले नदी छेउछाउमा नजान समेत प्रशासनले आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update