Sagun Khabar
बैतडीमा कर्मचारी युनियन (संघ)ले हस्तान्तरण गर्यो स्वास्थ्य सामग्री 
Atrya hospital

बैतडी –नेपाल निजामति कर्मचारी युनियन (संघ)ले जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

भूमी व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालयमा कार्यरत युनियन संघको विभागीय टीमले उपलब्ध गराएका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका नेपाल निजामति कर्मचारी युनियन संघ बैतडीका अध्यक्ष नैनसिंह कार्कीले जानकारी दिए । 

१० थान पीपीई सेट, २ हजार ३० थान मास्क, १३० थान फेस शिल्ड, ग्लोब्स, सेनेटाइजर लगायत ३५ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update