कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिनिधि सभामा पराजित सागर ढकालले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई ज्ञापन पत्र बुझाएका छन्।
भूकम्पीय जोखिम सम्बन्धी सुरक्षाको माग गर्दै शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउदै सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन्। उनले पश्चिम नेपालमा भूकम्प जाने जोखिम रहेको समेत मुख्यमन्त्री शाहलाई जानकारी गराएका छन् ।
विज्ञप्तिमा सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, विज्ञानलाई आधार मानेर योजना छनोट गर्न, विद्यालयमा प्रदेशका रैथाने शैलीका पोसाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएको छ।
ढकालसहितका युवाले उठाएका मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेका छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसहितका नेताहरूले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।