Sagun Khabar
मेलौली नगरपालिकाद्वारा किसानहरुलाई बाख्रा वितरण 

बैतडी–बैतडीको मेलौली नगरपालिकाले किसानहरुलाई बाख्रा वितरण गरेको छ । लागत साझेदारी बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत समूहमा आवद्ध भएका किसानहरुलाई बाख्रा वितरण गरिएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन् । 

चालु आर्थिक बर्षमा वडा नं ६ र वडा नं ४ को समूह छनौट भएकाले समूहमा आवद्ध भएका किसानहरुलाई बाख्रा वितरण गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

Atrya hospital

वडा नं ६ को समूहमा आवद्ध ३२ जना किसानलाई प्रति किसान दुई बाख्राका दरले वितरण गरिएका छन् भने वडा नं ४ को समूहमा आवद्ध किसानहरुलाई केही दिनभित्रै बाख्रा वितरण गर्ने तयारी भएको उपप्रमुख ओझाले जानकारी दिइन् । यस्तै समूहमा एक एक ओटा बोका वितरणको कार्यक्रम समेत रहेको बताइएको छ । 

बाख्रपालन व्यवसायबाट किसानहरुलाई जिविकोपार्जनमा सहयोग पुर्याउनका लागि नगरपालिकाले बाख्रा वितरण गरेको उपप्रमुख ओझाले बताइन् । बाख्राका लागि पकेट क्षेत्र छनौट गरेर बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update