Sagun Khabar
दार्चुलाको एक रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी
सांकेतिक तस्विर
Atrya hospital

दार्चुलाको एक रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी भएको छ ।  जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने ग्यास लिक भएरआगलागी भएको हो ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताउँदै आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने नखुलेको प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो खाना पकाउने क्रममा भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update