Sagun Khabar
बुडाल मृत्यु प्रकरण: सिआईबीको टोलि बैतडीमा, १२ जनामाथी फेरी म्याद थप

बैतडी-बैतडीमा पिकनिक गएका जीवन बुडाल फागुन १३ गते मृत फेला परेका थिए । घटना संकास्पद रहेको भन्दै संगै पिकनिक मनाउन गएका १२ जनालाइ प्रहरिले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका १२ जनामाथि ७ दिनको म्याद थपेर अनुसन्धान चलाइरहेको प्रहरीले फेरि १२ दिनको लागि म्याद थप गरेको छ । जीवन बुडालको हत्याको आशंका गर्दै परिवारजनले १२ जनाकै नाममा किटानी जाहेरी दिएको थियो । 

Atrya hospital

बुडाल मृत्यु प्रकरणमा पाँच दिन देखी प्रदेश मातहतको सिआईबीको टोलिले पनि बैतडीमा आएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकराज जोशीले जानकारी दिए  । 

जिल्लाको दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल फागुन १३ गते  दोगडाकेदार ४ जाडाबगर चमेलिया नदि किनारमा  मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला साथिहरूसंग पिकनिक मनाउन गएका थिए । 

मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै १० दिन बित्दा समेत शब बुझ्न मानेका छैनन । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । पानी कम भएकै ठाउँमा बुडाल मृत फेला परेकाले घटना रहस्यमय हुन सक्ने भन्द‌ै परिवारले सत्यतथ्य बाहिर ल्याउन माग गरिरहेका छन ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update