Sagun Khabar
'भँगेरा र भँगेरी कुरा गर्छन् कसरी’

भँगेरा र भँगेरी
कुरा गर्छन् कसरी
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी ‘

राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रिय बाल कवितासँगै हुर्किएको हाम्रो पुस्ताले आँखै अगाडि भँगेराहरु हराउँदै गएको पनि देखेको छ । चरा संरक्षण र अनुसन्धानको क्षेत्रमा काम गर्छु भनेर मैले कुनै भेटघाट वा कार्यक्रममा आफूलाई परिचित गराउँदा एउटा आम प्रश्न आएकै हुन्छ, ‘भँगेराहरु हाम्रो ठाउँबाट हराए, कारण के होला ?’

Atrya hospital

बालापनमा हामी स्वरमा स्वर र काँधमा काँध मिलाएर उक्त कविता वाचन गरिरहँदा आँगनको बिस्कुनमा भँगेराले धानबाट चामल खोस्ट्याएर खाइरहेको हुन्थ्यो । म सम्झन्छु, आजभन्दा करिब २० वर्षअघि पश्चिम नेपालको अर्घाखाँची जिल्लास्थित मेरो घरको खोपा र बतासीमा ‘घर भँगेरा’को गुँड र तिनको संख्या उल्लेख्य थिए ।

कालान्तरमा ती भँगेराहरु मेरो घर, आँगन र अन्ततः गाउँबाट नै हराएर गए । मेरै गाउँमा भँगेरा देखिन छाडेको दस वर्ष जति भयो । यो विश्वभर व्याप्त भँगेरा लोपको एक प्रतिनिधि परिघटना मात्र हो ।

नेपालमा हालसम्म ८ सय ८६ प्रजाति भन्दा बढी चराहरु पाईन्छन । ती मध्ये भँगेरा एक प्रजाति हो । भँगेराहरु खैरा र फुस्रा रंङ्गका हुन्छन् । जसको प्वाँखसम्म प्रस्टै देखिने सेतो हुन्छ । हाल सम्म विश्वमा ३२ प्रजातिका भँगेरा पाईएका छन । खैरो रङको सानो एक जातको चरोलाई भँगेरो भनिन्छ ।

भँगेरा एक किसिमको चरो हो । यसले विशेष गरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ । संसारको जुनसुकै ठाँउमा पाईने चरा भंगेरा हो,चराहरुमा सबैभन्दा बढि संख्या भएको चरा पनि भंगेरा नै हो, तर अहिलेको समयमा भंगेराको संख्यामा कमि आएको देखिन्छ ।

विभिन्न प्राकृतिक कारण तथा जलवायु परिर्वतनका कारण बाँसस्थान विनाश  पुरानो र परम्परागत भँगेरा चरा मैत्री घर नहुनु र रुख विरुवा विनाश हुनु , आहाराको अभाव, आधुनिक अन्नबाली भण्डारमा आएको परिवर्तनले उनीहरुको पहुचमा अन्न नहुनु र कृषि उत्पादनमा आएको कमी,प्रदुषण, कृषिमा अत्याधिक किटनाशक औषधी र विषादीेको प्रयोग, चेतनाको कमी भँगेराको महत्व नबुझ्नु र यीनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने जस्ता कारणले चाराहरुको संख्यामा कमि आएको विषेशज्ञहरुको भनाई रहेको छ ।

#विकिपिडिया,सामाजिक सञ्जाल 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update