Sagun Khabar
राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई

 काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।

बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकपछि उनले भने, ‘हाम्रा संसदहरुको एक मत छ, तर निर्वाचन आचारसंहिताका कारण यो गर्ने त्यो गर्ने भन्न पाउँदैनौं ।’

Atrya hospital

 

 

नेताहरुका अनुसार बैठकमा पछिल्लो समय राष्ट्रपतिको भूमिकाबारे समेत समीक्षा भएको थियो । र, औपचारिक निर्णय नभएपनि पौडेललाई मत दिन सबै सहमत भएको एक नेताले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update