काठमाण्डौं –नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले सोमबार बधाई दिएकी छन् । राष्ट्रपतिमा निर्वाचित भएकोमा भारतीय जनता, भारतीय सरकार तथा आफ्नो तर्फबाट उनले पौडेललाई बधाई दिएकी छन् ।
नेपाल र भारत जनता र जनताबीच सम्बन्ध रहेको नजिकको छिमेकी मुलुक भएको भन्दै पौडेलको अभिभावकत्वमा दुई देशबीचको सम्बन्ध तथ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् । उनले पौडेलको अभिभावकत्वमा दुई देशबीच आपसी हितका विषयमा थप सम्बन्ध विस्तार हुने र सहयोग आदान प्रदान वृद्धि हुने विश्वास व्यक्त गरेकी छिन् ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १८:३०
प्रतिक्रिया दिनुहोस्