स्वास्थ्य मन्त्रालयले पूर्णरूपमा सार्वजनिक नगरेको जनसांख्यिक सर्वेक्षण २०२२ ले हाल नेपालमा १५ देखि ४९ वर्षका ३५ प्रतिशत महिलामा मोटोपनाको समस्या रहेको देखाएको छ । पछिल्लो समयमा महिलामा मोटोपनाको समस्या बढ्दै गर्दा ती महिलाबाट जन्मेका शिशुमा पनि समस्या देखिने जोखिम बढ्दै गएको छ ।
जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकामा एनेमिया देखिनु भनेको जनस्वास्थ्यको समस्याकै रूपमा रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । अधिक मोटोपना तथा दुब्लोपनाको समस्या भएका आमाबाट जन्मने अधिकाङ्स बच्चाहरुमा समस्या देखिने गर्दछ ।
स्वास्थ्यकर्मीहरुका अनुसार १९ वर्ष मुनिका ५३ प्रतिशत किशोरकिशोरीमा पनि मोटोपना बढेको देखिएको छ । अधिक मोटोपना पनि कुपोषण नै भएकोले यो समस्या बढ्दै जाने हो भने यी उमेर समूहबाट जन्मिने बालबालिकामा समस्या हुन सक्ने देखीन्छ ।
ग्रामीण भेगको तुलनामा शहरका महिलामा मोटोपनाको समस्या धेरै देखिएको र पहाडमा भन्दा तराईका महिलामा मोटोपनको समस्या धेरै देखिने गरेको पाईन्छ ।