कैलाली –कैलालीमा वन पैदावार मुद्दाका फरार चार प्रतिवादी पक्राउ परेका छन् । बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले विहिबार पक्राउ गरेको हो । बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको डिएसपी कुलदीप चन्दले बताए ।
जिल्ला अदालत कैलालीले उनीहरु माथि जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो । फरार रहेका चारै जनालाई पक्राउ गरिएको हो ।
त्यस्तै सवारी ज्यान र चोरी कसुर सम्बन्धि मुद्दाका थप २ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका फरार प्रतिवादीलाई कैद भुक्तानका लागि प्रहरीले जिल्ला अदालतमा बुझाईसकेको छ ।