Sagun Khabar
नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता
Atrya hospital

काठमाडौं – भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गरेकी छन् । आज साँझ उनीहरुबीच टेलिफोन वार्ता भएको भारतको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हाल केरला भ्रमणमा रहेकी राष्ट्रपति मुर्मुले नेपालका राष्ट्रपति पौडेललाई फोन गरी नेपालको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिएकी छन् । दुवै जनाबीच दुवै देशको अनुपम र बहुआयामिक सम्बन्धको बारेमा चर्चा भएको थियो ।
उनीहरुले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरेका थिए । 

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुले विश्वास व्यक्त गरेकी छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update