Sagun Khabar
प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठबन्धनको निर्णय

काठमाण्डौ – सत्ता साझेदार १० वटा दलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Atrya hospital

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिने तयारी गर्नु भएको हो ।

यस्तै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय समेत गरेको छ । सत्ता साझेदार दलहरुले विधेयक भोलि संसद बैठकमा पेस गर्ने निर्णय गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयकलाई संसदमा पेश गर्न माग गरेपनि सत्ता गठबन्धनले भने भोलि नै पेस गर्ने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update