काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । आजै बसेको काँग्रेसको बैठकले पनि प्रचण्डालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
आजै बसेको काँग्रेसको बैठकले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । आइतवार आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १३:१४
प्रतिक्रिया दिनुहोस्