Sagun Khabar
देशभरकै मौसम बदली, चट्याङसहित बर्षाको सम्भावना

काठमाण्डौ – देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए  । तराईका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको अनुमान गरिएको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

Atrya hospital

पछिल्लो २४ घण्टामा लमजुङमा सबैभन्दा  धेरै वर्षा भएको छ । लमजुङमा ५० मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठले पर्सिसम्मकै मौसम यस्तै रहने बताए  । पश्चिमी वायुको  प्रभाव पर्सिसम्म नै रहने देखिएकाले मौसम बदली हुने र पानी पर्ने क्रम पर्सिसम्म नै चल्ने उनले जानकारी दिए ।

यसपालिको हिउँदयाममा खासै  पानी पर्न सकेन । हिउँद सुक्खा भए पनि प्रि–मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update