Sagun Khabar
बैतडीको पुर्चौडीमा झण्डै पाँच करोडको पुल ३ वर्षदेखि अलपत्र 

बैतडी- बैतडीको पुर्चौडीमा मोटरेबल पुल अलपत्र परेको छ । ३ वर्ष देखि मोटरेबल पुल निर्माणको काम अलपत्र परेको हो । पुर्चौडी नगरपालिका १ खडिखेत नजिकैको    खोलामा  निर्माण भइरहेको पुल अहिले सम्म निर्माण सम्पन्न नभएको हो । 

आर्थिक वर्ष २०७६÷७७ मा जगदम्बा कन्सट्रक्सनले निर्माणको जिम्मा पाएको थियो तर अहिले सम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन् । संघीय सशर्त अनुदान अन्तरर्गत ४ करोड ७० लाखको लागतमा पूर्वाधार विकास कार्यालय बैतडीले हेर्ने गरि निर्माण भइरहेको पुलले पूर्णता नपाउँदा त्यहाँँका नागरिकहरु आक्रोसित भएका छन् ।

Atrya hospital

गत असारमै सम्पन्न हुनु पर्ने योजना अहिले सम्म सम्पन्न नभएपपछि नागरिक आक्रोसित भएका हुन् । अहिले पुल नहुँदा नगरपालिका सम्म जाने सवारी साधनहरुलाई खोलामा जोखिम मोेलेर गुडाउनु परिरहेको जिप चालकहरुले बताए । पूर्वाधार विकास कार्यालयले पनि अनुगमन र ताकेता नगर्दा निर्माण कार्यमा ठेकेदारले लापरवाही गरिरहेका यातायात व्यवसायिहरुको आरोप छ ।

यो पुलमा पूर्वाधार विकास कार्यालयबाट १ करोड ३८ लाख रकम समेत भुक्तानि भइसकेको बताइएको छ । यता पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जंग बहादुर थापाले आफु जिल्लामा आएपछि बेला बेला ठेकेदारलाई ताकेता गरेको बताए । ‘त्यो योजना म बैतडी आउनु भन्दा पहिलेको रहेछ, अहिले सम्म निर्माण कार्य सम्पन्न भएको छैन्,म आइसकेपछि पनि बारम्बार यताबाट ठेकेदारलाई कल गरेर भनिरहेका छौँ,’उनले भने । यस्तै उनले असार सम्म निर्माण कार्य सम्पन्न नगरे कारवाही प्रकृया अगाडी बढाउने बताए ।

योजनामा दोस्रोपटक म्याद थप गरेर अगामी असार सम्म समय दिइएकाले सम्पन्न नभए कारवाही गरिने  निमित्त प्रमुख थापाले बताए । यता योजना हेरिरहेका पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर रमेश भूलले पुलको ५० प्रतिशत काम सम्पन्न भएको बताए । 

एप्रोच रोडको निर्माण कार्य भएर दुवैतिर बेस निर्माण गर्ने लगायतका काम भइसकेको उनले बताए । निर्माण कार्य भइसकेपछि विचमा कोरोेना कहर, मुल्य वृद्धि लगायतका विविध समस्याले पुल सम्पन्न नभएको र अब असारमै सम्पन्न हुने निर्माण कम्पनिले दावी गरेको छ ।

निर्माण  कम्पनिले असारमै पुल निर्माण कार्य सम्पन्न हुने दावी गरेपनि कामले  गति नलिएकाले असारमा काम सम्पन्न हुने सम्भावना कम देखिन्छ । जिल्लामा ठेकेदारको लापरवाहीका कारण अन्य विकास निर्माणका कार्यहरु समेत अलपत्र परेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update