कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौं प्रदेश सभाको शनिबार धनगढीमा उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रलाई लगानीका आग्रह गरेका हुन् । प्रदेशको आर्थिक अवस्था सुधार गर्न र प्रदेशलाई समृद्ध बनाउनका लागि निजीक्षेत्रको महत्वपूर्ण भूमिका रहने उनले बताए ।
प्रदेशभित्र रहेका सम्भावनाको पहिचान निजी क्षेत्रले नै गरेकाले उद्योग क्षेत्रमा लगानी बढाउनुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिए । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार भएकाले सम्भावित क्षेत्रमा लगानि बढाउन उनले आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १८:५१
प्रतिक्रिया दिनुहोस्